झापा । झापाको दमक– ३ स्थित दुम्सेमा हात्तीको आक्रमणबाट एक पुरुषको ज्यान गएको छ । दमक– ३ गोलाटारका ६२ बर्षीय गणेश अधिकारीको राति ८ बजे हात्तीको आक्रमणबाट मृत्यु भएको वडाध्यक्ष नविन बरालले जानकारी दिनुभयो । अधिकारी मकैमा पानी लगाउनका लागि कुलोमा जानु भएको थियोे । दमक– ३ हात्ती प्रभावित क्षेत्र पर्दछ । वडाध्यक्ष बरालले हात्तीको आक्रमणबाट बच्नका लागि होसियारी अपनाउन आग्रह गर्नुभएको छ । हात्तीको आक्रमणबाट मृत्यु भएपछि गाउँमा त्रास सिर्जना भएको छ ।























