काठमाडौं। सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता आक्रामक रुपमा प्रस्तुत भएका छन्।

बुधबार १९ सीटका लागि भएको राष्ट्रिय सभा चुनावमा भाग लिनका लागि जनकपुर जाँदै गरेका सर्लाही हरिवन नगरपालिकाका मेयर दिनेश प्रसाईं र उपमेयर रेनुका पौडेल चढेको प्रदेश–२–०३००१ झ ००२० नम्बरको गाडी राउतका कार्यकर्ताले तोडफोड गरेका हुन्।

सो क्रममा प्रसाई घाइते हुँदा उपचारका लागि प्रादेशिक अस्पताल लगिएको छ। गाडी पूर्णरूपमा क्षतिग्रस्त भएको छ। सीके राउतका कार्यकर्ताले तिरहुतीया गाछीमा गाडी रोकेर तोडफोड गरेका थिए। भाटासहित प्रदर्शनमा उत्रिएका उनीहरूले गाडी रोकेर तोडफोड र गाडीमा सवार रहेकाहरूलाई आक्रमण गरेका हुन्।

यसैगरी मधेस प्रदेशका सांसद मनिष सुमन सवार गाडीमा पनि तोडफोड भएको छ। यस्तै, प्रदेश सांसद अशोक यादव सवार गाडीमा पनि जनमत पार्टीका कार्यकर्ताले तोडफोड गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय