विराटनगर । राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई हराउँदै नेकपा एमालेका सोनम ग्याल्जेन शेर्पा अल्पसंख्यक क्षेत्रबाट राष्ट्रिय सभाको निर्वाचनमा विजयी हुनुभएको छ ।
उहाँले जनता समाजवादी पार्टीका भोजपुरका हेमराज राईलाई पराजित गर्नुभएको हो । प्रदेश १ बाट ४७३४ मत भार सहित शेर्पा विजयी हुनुभएको हो ।























