उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाको जनसंख्या ७१ हजार नाघेको छ । बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको २०७८ को जनगणनाको प्रारम्भिक नतिजामा उर्लाबारी नगरपालिकाको जनसंख्या ७१ हजार ५६२ रहेको उल्लेख छ ।
उर्लाबारीमा पुरुषको संख्या ३३ हजार ८२७ र महिलाको संख्या ३७ हजार ७३५ रहेको उल्लेख छ । उर्लाबारीमा परिवारको संख्या १७ हजार ८१८ रहेको छ भने १५ हजार ८९९ वटा घरमा जनगणना गरिएको छ । यो केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजा हो । यसमा केही थपघट हुन सक्ने विभागले जनाएको छ ।























