काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ८ हजार १७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १५ हजार ७३६ पीसीआर र एन्टिजेन विधिबाट ६ हजार ७२ एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार १७ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या १० लाख ६२ हजार १०५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख ३७ हजार ४ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ५७६ जना रहेको छ ।

हालसम्म एक करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६८७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय