उर्लाबारी–२ मा रहेको बेतिनी सामुदायिक वन उपभोक्ताको अध्यक्ष पदमा किन त भीमबहादुर राईलाई फेरि मत दिने ? भन्ने विषय तपाईहरुमा माझ उठ्नु स्वभाविक हो । तर, उहाँ नै उपयुक्त पात्र यस कारण पनि प्रष्ट हुन्छ । उहाँलाई भोट दिनु पर्ने यस्ता छन्, कारण । समूहलाई आधुनिकिकरण गरी सुशासन तथा उपभोक्ताहरुको आवश्यकता र भावना अनुरुप संचालन र सरल रुपले सेवा प्रदान गर्न, उत्पादित वन पैदावर स्रोतहरु निष्पक्ष र न्यायोचित वितरण र सदुपयोग गर्न, सामुदायिक वनको दिगो संरक्षण र विकास गर्न, किसान तथा विपन्न उपभोक्ताहरुको जिविकोपार्जन र आय आर्जनमा सहयोगी भूमिका निर्वाह गर्न,दलित, अल्पसंख्यक तथा महिला सशक्तीकरण लागि कार्यक्रमहरु संचालन गन, सिमसार क्षेत्रको एकीकृत संरक्षण र विकास गरि जैविक विविधताको संरक्षण तथा नदी कटान,भुक्षयलाई दिगोरुपमा तटबन्धन व्यवस्थापन गर्न, पर्यापर्यटन क्षेत्रलाई व्यवस्थित र मर्यादित वनाउन, झोलुङ्गे पुल क्षेत्रलाई घेरावारा, गेट, सडक,प mूलबारी आवश्यक व्यवस्थापन गरी आकर्षण बनाउन, पोखरी तथा जलाशय विस्तार गरि मोटर वोट संचालन गर्न, सेल्फि डाडा निर्माणको बाँकी कार्य सम्पन्न गरी व्यवस्थित गर्न, वन्यजन्तु संरक्षण केन्द्र (शयय) को बाँकी निर्माण कार्य सम्पन्न गरी व्यवस्थित रुपमा संचालन गर्न पनि उहाँलाई मत दिन आवश्यक छ । त्यस्तै, गर्मीयाममा पर्यटकहरुलाई नुहाउने सुविधाको लागि नुहाउने पोखरी निर्माणको अधुरो कार्य सम्पन्न गरि संचालनमा ल्याउन, पिकनिक स्पोर्ट टहराहरुको थप माग र आवश्यकतालाई मध्यनजर गर्दै टहराहरु विस्तार गर्न, वालउद्यान क्षेत्रलाई व्यवस्थित बनाउन,उपभोक्ता साझेदारी तथा सहकारी संचालन गरी समूह र उपभोक्ताहरुको आर्थिक आवश्यकता परिपूर्ति गर्न, समूहलाई सशक्त रुपले आर्थिक आत्मा निर्भर वनाउदै उपभोक्ताहरुको जीविकोपार्जन र आवश्यकतामा सारथि बन्ने उहाँले योजना अघि सार्नुभएको छ । योजना कार्यक्रमहरु संचालन गर्नका लागि वन पैदावर उत्पादन वाट हुने आम्दानी श्रोत, पर्यापर्यटन संचालन वाट हुने आम्दानी श्रोत, व्यवसायीक माछा पालन गरी आर्जित गर्न सकिने आय श्रोत, स्थानीय,प्रदेश तथा संघीय सरकारबाट प्राप्त गर्न सकिने अनुदान, सम्वन्धित सरकारी निकायहरुबाट प्राप्त गर्न सकिने अनुदान, उपभोक्ता साझेदारी, सहकारी तथा अन्य संघ संस्थाहरु संग सहकार्य गरी संकलन गर्न सकिने आयश्रोतहरुसमेत उहाँले प्रष्ट पार्नुभएको छ ।























