काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ६ हजार ८२७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १३ हजार ७९१ पीसीआर र एन्टिजेन विधिबाट ६ हजार ७८ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ८२७ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या १० लाख ६८ हजार ९३२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ४३२ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख ४२ हजार ४३६ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ जना रहेको छ ।
हालसम्म एक करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।
२४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६९७ जना पुगेको मन्त्रालयले जनाएको छ ।























