उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले सिमसार क्षेको संरक्षण र प्रवद्र्धनमा जोड दिनुभएको छ ।
शुक्रबार वेतिनी सामुदायिक वन उपभोक्ता समूहको १९ औं वार्षिक साधारणसभामा बोल्दै उहाँले सो कुरामा जोड दिनु भएको हो । सिमसार क्षेत्रको संरक्षण गर्दै पर्यटकीय क्षेत्रका रुपमा अघि बढाउनु पर्ने उहाँको भनाई छ । प्रमुख अतिथि समेत रहनु भएका फागोले वेतिनी, बाँसेचौरी, बुढाठाकुर, लाम्पातेलगायत सिमसारको संरक्षण र प्रवद्र्धन गर्न सके उर्लाबारी पर्यटनको केन्द्र बन्ने बताउँदैे नगरपालिकाले यस विषयमा कदम चाल्ने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारी वेतिनी वन र वेतिनी सिमसार उर्लाबारीको गहना भएको बताउँदै यसको संरक्षण र प्रवद्र्धनमा सबैले ध्यान दिनुपर्नेजोड दिनुभयो । सो अवसरमा सामुदायिक वन महासंघ प्रदेश १ का सचिव अग्नि पौडेल, मोरङ अध्यक्ष रामकृष्ण राई, सामाजिक अगुवा जयधर्म आचार्यलगायतले बोल्नुभयो ।
वन समूहका अध्यक्ष भीमबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ नागरिक लिलानाथ गौतम र पवित्रादेवी काफ्ले, टोली प्रमुख विमला धिमाल, कालीबहादुर सुवेदी, सरिता लिम्बू, मोहनकुमार ठाकुर तथा उत्कृष्ट कर्मचार िशेरबहादुर भुजेल, सकुन्तला न्यौपाने र नगेन्द्र धिमालाई सम्मान गरिएको छ । वनकी सचिव अरुणा थापाले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष ज्योति थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने उपाध्यक्ष कविराज धिमालले स्वागत मन्तव्य राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय