उर्लाबारी । मोरङको उर्लाबारी–२ स्थित वेतिनी सामुदायिक वन उपभोक्ता समूहको वार्षिक चुनावी साधारणसभा अन्तर्गत आज बिहान ८ बजेदेखि मतदान हुँदैछ । वन समूहको नयाँ समिति चयनका लागि सर्वसम्मत नभएपछि पाँच पदमा मतदान हुने भएको छ ।
समूहको अध्यक्ष, खुला उपाध्यक्ष, सहसचिव, कोषाध्यक्ष र लेखा संयोजकमा मतदान हुने भएको हो । पाँच पदका लागि १२ जना चुनावी मैदानमा रहेका छन् । महिला उपाध्यक्षमा सीता बुढाथोकी डाँगी, सचिवमा अरुणा थापा र सदस्यहरु निर्विरोध चयन हुनुभएको छ ।
आज हुने निर्वाचनमा अध्यक्षमा कस्ले बाजी मार्ला भन्ने चासोको विषय बनेको छ । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष भीमबहादुर राई, पूर्वअध्यक्ष कृष्ण दाहाल र वर्तमान कोषाध्यक्ष ज्योति थापा चुनावी मैदानमा रहनु भएको छ । समूहको खुला उपाध्यक्षमा श्यामप्रसाद ढकाल र कुलबहादुर प्रधान, सहसचिवमा मित्रप्रसाद आचार्य र रोहित आचार्य, कोषाध्यक्षमा कृष्णराज गिरी, अर्जुन बास्तोला र राजेन्द्र बास्तोला तथा लेखा समिति संयोजकमा देवमणि न्यौपाने र कमलप्रसाद लुइटेलको उम्मेद्वार रहेको छ । नयाँ नेतृत्व चयनका लागि शनिबार बिहान ८ बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ । वनमा १२ सय बढी मतदाता उपभोक्ता रहनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय