काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १० हजार १०१ पीसीआर र एन्टिजेन विधिबाट ४ हजार ४६१ एन्टिजेन परीक्षण गरिएकोमा ४ हजार ९०४ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या १० लाख ७३ हजार ८३६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ९२४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख ४८ हजार ३६० जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ८७ हजार ३२९ जना रहेको छ ।

आज २ लाख ७२ हजार ७४८ जनाले खोप लगाएका छन् । हालसम्म एक करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ७०३ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय