काठमाडौँ । राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

माघ १७ गते सोमबारका लागि बैठक बोलाइएकामा विशेष कारण देखाउँदै स्थगित गरिएको हो ।

संघीय संसदका महासचिव डा भरतराज गौतमले आइबार एक सूचता जारी गर्दै बैठक अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको जनाएका छन् ।

सूचनामा राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।

यसअघि प्रतिनिधिसभाको बैठक पनि माघ २६ गतेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय