काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ३ हजार ५४० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ९ हजार ९१० पीसीआर र एन्टिजेन विधिबाट ३ हजार २३५ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ५४० जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या १० लाख ७३ हजार ८३६ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ३५९ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख ४८ हजार ३६० जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ जना रहेको छ ।
हालसम्म करिब डेढ करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।
गत ४ दिनमा थप ३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ७३५ जना पुगेको मन्त्रालयले जनाएको छ ।























