काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार २९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ५ हजार २९२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १० हजार ३६८ पीसीआर र एन्टिजेन विधिबाट ७ हजार ७२० एन्टिजेन परीक्षण गरिएकोमा ५ हजार २९२ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या १० लाख ८२ हजार ६६८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार १९१ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख ६२ हजार ८९८ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ७९ हजार २७२ जना रहेको छ ।

आज ३ लाख ६६ हजार ६०३ जनाले खोप लगाएका छन् । हालसम्म करिब डेढ करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

गत ४ दिनमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ७४३ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय