उर्लाबारी । नेकपा एमालेको जनसंगठन अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब सिर्जना गरेको छ ।
आज उर्लाबारीमा अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल उर्लाबारी नगर कमिटीले दबाबमूलक ¥याली निकालेको हो । उर्लाबारीको स्कुलडाँडादेखि उर्लाबारी चौकसम्म ¥यालीसहित कोणसभा गरेको छ । स्थानीय तहको निर्वाचन तत्काल तोक्न, मूल्यबृद्धि खारेज, संविधान र लोकतन्त्रको रक्षाका लागि दबाब सिर्जनाका लागि कार्यक्रम गरिएको राष्ट्रिय युवा संघ नेपाल उर्लाबारी नगर कमिटीका अध्यक्ष तथा नेकपा एमाले उर्लाबारी वडा नं. ७ का अध्यक्ष योगेश बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय