उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले तामाङ समुदायको महान चाड सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
कोरोना महामारीको संक्रमणको जोखिमबाट मुक्त भई नसकेकाले स्वास्थ्य मापदण्ड पूरा गरेर सोनाम ल्होसार मनाउन उहाँले अपिल गर्नुभयो । मेयर फागोले स्वदेश तथा विदेशमा रहेका तामाङ समुदाय लगायत सम्पूर्ण नगरबासी दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । सोनाम ल्होसार पर्वले नेपालको सबै जातजाति एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरि स्वच्छ, सुखी र समुन्नत नगर निर्माणको दिशामा अगाडी बढ्न समेत मेयर फागोले आग्रह गर्नुभएको छ ।























