काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ६ हजार ४९९ पीसीआर र एन्टिजेन विधिबाट ५ हजार ८३ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ६३७ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या १० लाख ९१ हजार ८८८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ५५५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख ७८ हजार ७२०जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ६९ हजार २९१ जना रहेको छ ।

आज ८ लाख बढीले खोप लगाएका छन् । हालसम्म करिब डेढ करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

गत ४ दिनमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ७६४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय