काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ ४ गते चुनाव हुनैपर्ने बताएका छन् ।
वुधबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय निर्वाचन गर्नैपर्ने बताएका हुन् ।
सरकारको स्वेच्छाको विषय हुन नसक्ने भन्दै निर्वाचन समयमै हुनुपर्ने उनको भनाइ थियो ।
‘संविधानको सहि कार्यन्वयन उत्तर दायित्व निभाउने हो भने फागुनभित्र निर्वाचन गरिसक्नुपर्थ्यो, यस सम्बन्धमा हामीले पटक–पटक सरकारलाई पटक–पटक ध्यानकर्षण पनि गराएका हौ’, अध्यक्ष ओलीले भने, ‘तर सरकार संविधान कार्यन्वयन र लोकतान्त्रिक अभ्यास, संघीयताको कार्यन्वयन गर्नुभन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भयो ।’























