उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका र राष्ट्रिय भूमि आयोगका अध्यक्ष सहितको टोली बीच भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनीपुर्जा वितरण सम्बन्धि बैठक बुधवार सम्पन्न भएको छ ।
उर्लाबारी नगरपालिकामा भएको बैठकले नगरपालिका स्तरिय सहजिकरण समिति र वडास्तरिय सहजिकरण समितिसँग छलफल तथा परामर्श गरेको हो । आयोगले नगरमा बसोबास गरिरहेका भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने उद्देश्यले नगरपालिकका जनप्रतिनिधी राजनैतिक दलका स्थानीय प्रतिनिधिहरुसँग छलफल गरेको हो ।
बैठकमा राष्ट्रिय भूमि आयोगका केन्द्रिय अध्यक्ष केशव निरौला, मोरङ जिल्ला अध्यक्ष शुशिला घिमिरे (सामना), आयोगकी केन्द्रिय सदस्य सरिता महर्जन, नगर उप–प्रमुख लक्ष्मिदेवी भण्डारी, वडाध्यक्ष र नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत मुरारीप्रसाद घिमिरेको सहभागिता रहेको थियो ।
बैठकमा आयोगका अध्यक्ष केशव निरौलाले अघिल्लो सरकारले संकलन गरेको लगतलाई निरन्तरता दिँदै छुटेकाहरुको लगत संकलन गरि माघ अन्तिमबाटै भूमिहिन दलित र भुमिहिन सुकुम्वासीलाई पुर्जासहितको जमिन र अव्यवस्थित बसोवासीलाई पुर्जा वितरणको तयारीमा आयोग लागि परेको बताउनुभयो । जसका लागि आयोगले विहिबारबाट नै पालिकामा एक जना अमिन र एक जना सर्वेक्षक समेत पठाउने निर्णय गरेको निरौलाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय