काठमाडौँ। मोरङको उखुबारीमा खाल्डोमा गाडेको अवस्थामा फेला परेका २ जनाको शवबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार अन्यत्र हत्या गरेर त्यहाँ राखिएको जनाइएको छ ।

धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा खाल्डोबाट माघ १३ र १४ मा दुईवटा शव निकालिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङले माघ १३ मा भेटिएको शव सप्तरी घर भएका शम्भु चौधरीको र अर्को सुनसरीको धरान उपमहानगरपालिका–३ घर भएका राजेन्द्रकुमार श्रेष्ठको रहेको जनाएको छ ।

यद्यपि प्रहरीले हालसम्म हत्या कहाँ भएको थियो भन्नेबारे कुनै निष्कर्ष निकाल्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय