काठमाडौँ । युटुबरलाई कुटपिट गर्ने काठमाडौँको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिका सञ्चालक भीम गुरुङ ठगीकाे आरोपमा पक्राउ परेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘मार्सल टोली’ले गुरुङलाई बिहीवार पक्राउ गरेको हो ।

यूएईको ग्लोबल सेक्युरिटी कम्पनीमा काममा लगाइदिने भनेर १२ जना नेपालीबाट जनही साढे ७ लाख रुपैयाँका दरले पैसा लिएर उनीहरूलाई भिजिट भिसामा युएई पठाइ अलपत्र पारेको उजुरी परेपछि त्यसै आधारमा उनलाई पक्राउ गरिएको हो । गुरुङलाई थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पठाइएको छ ।

गुरुङ सञ्चालक रहेको ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिमा केही दिन अघि पुगेका ठगीमा परेकाहरू र केही युट्युबरमाथि हातपात गरिएको थियो । कुटपिटमा परि घाइते भएका दुईजनालाई अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय