नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ३ हजार १७५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १० हजार २६ पीसीआर र एन्टिजेन विधिबाट २ हजार ५७९ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार १७५ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या १० लाख ९५ हजार ६३ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ७२३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख ८७ हजार ४४३ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ६३ हजार २९६ जना रहेको छ ।
आज २ लाख ६६ हजार ५४० जनाले खोप लगाएका छन् । हालसम्म करिब डेढ करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।
गत ४ दिनमा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ७७८ जना पुगेको मन्त्रालयले जनाएको छ ।























