उर्लाबारी । मोरङ क्षेत्र नं. १ बाट प्रदेश सांसद उपेन्द्रप्रसाद घिमिरे मन्त्री बन्ने सम्भावना छ । नेकपा एकीकृत समाजवादीका नेता घिमिरे मन्त्री बन्ने सूचीमा अग्रपक्तिमा देखिनु भएको हो । घिमिरे मोरङ क्षेत्र नं. १ ख बाट प्रदेश सांसदमा निर्वाचित हुनु भएको थियो ।
यस्तै, मोरङ क्षेत्र नं. १ क मा प्रदेश सांसद कुलप्रसाद लिम्बू (कुशल) भने यस पटक पनि मन्त्री बन्ने सम्भावना नरहेको बुझिएको छ । लिम्बू स्वमले यस पटक मन्त्री बन्न चासो नदेखाएको बुझिएको छ । नेकपा माओवादी केन्द्रका नेता लिम्बूलाई विकासप्रेमी नेताको रुपमा लिने गरिएको छ । प्रदेश नं. १ मा ठूला योजना भित्र्याउन सांसद लिम्बूले महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय