काठमाडौँ । मोरङमा उखुबारीको खाल्डोमा गाडेको अवस्थामा भेटिएका दुई जनाको हत्या प्रकरणमा अर्को एक जनाको शव ललितपुरमा फेला परेको छ ।
बेपत्ता रहेका तेस्रो व्यक्तिको शव ललितपुरमा भेटिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
प्रहरीका अनुसार पेप्सीकोला निवासी ६२ वर्षीय मोहन लिम्बुको शव ललितपुरको धापाखेल दोबाटोमा गाडेको अवस्थामा फेला परेको हो ।
हत्याकाण्डमा पक्राउ परेका अनिल कुमार मण्डलको बयानका आधारमा प्रहरीले लिम्बुको शव फेला पारेको हो ।
लिम्बुको शव पाँच फिट तल ढलान गरेर गाडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
मृतक र पक्राउ परेका सबै जना जग्गा कारोबारी रहेका प्रहरीले जनाएको छ ।
मोरङ धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा खाल्डोबाट माघ १३ र १४ मा दुईवटा शव निकालिएको थियो ।























