तीनजना व्यवसायीको हत्या अभियोगमा पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रबार सार्वजनिक गरेको छ।
शुक्रबार बिहान पत्रकार सम्मेलन गरेर हत्याका मुख्य योजनाकार अनिल मण्डलसहित तीन जनालाई सार्वजनिक गरेको हो।
सिरहाका ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका-४ सिस्वनीका अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका-७ कमलपुरका ६२ वर्षीय नासिर आलमलाई सार्वजनिक गरेको हो।
उनीहरुले सुनसरीका राजेन्द्र कुमार श्रेष्ठ, सप्तरीका शम्भु कुमार चौधरीको हत्या गरी मोरङमा उखु बारीमा गाडेको अवस्थामा माघ १३ गते शव फेला परेको थियो।
तेह्रथुमका मोहन लिम्बुको शव बिहीबारसाँझ ललितपुरको गोदावारी नगरपालिका १२ स्थित ठेंचोमा गाडीएको अवस्थामा फेला परेको थियो ।
हत्याका मुख्य योजनाकार मण्डल र मारिएका तीनजना एउटै सूहमा व्यवसाय गर्थे। व्यवसायको रकम एकलौटी पार्नका लागि मण्डलले हत्या गरेको प्रारम्भीक अनुसन्धानमा देखिएको छ।























