काठमाडौँ, ८ फागुन । अन्ततः संसदमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबल भएको छ ।
सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आजको प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल गरेका हुन् ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेको निरन्तरको विरोध र नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी पेश गर्न मन्त्री कार्कीलाई अनुमति दिएका थिए ।
त्यस्तै, माओवादीलगायत अन्य दलका सांसदहरुले पनि त्यसको विरोध गरेका थिए ।
त्यस्तै, संसद भवन अगाडी हजारौँको संख्यामा एमसीसीको विरोध भइरहँदा पनि सरकारले एमसीसी टेबल गरेको छ ।
एमसीसी टेबल भएसँगै आजको संसद बैठक अन्त्य भएको सभामुख सापकोटाले घोषणा गरे ।
सभामुख सापकोटाले आगामी फागुन १२ गते बिहीबार १ बजेसम्मका लागि संसद बैठक स्थगित गरिएको जानकारी दिए ।























