उर्लाबारी । नेकपा एमाले उर्लाबारीले स्थानीय तहको निर्वाचन केन्द्रीत टोल भेला तीब्र पारिरहेको छ । वामपन्थीको पकड मानिएको उर्लाबारी क्षेत्रमा २०७४ सालको निर्वाचनमा कांग्रेस मेयरसहित वडा नं. २, ४, ५, ६ र ७ मा वडाध्यक्ष जित्यो । यस पटक एमालेले आक्रमक रुपमा टोल टोलमा भेला गरिरहेको छ । तर, गत निर्वाचनमा एमालेका प्रभावशाली नेताहरु माधब नेपाल नेतृत्वमा रहेको नेकपा एकीकृत समाजवादी रोजेकाले यस पटक निर्वाचन जित्न त्यति सहज भने छैन ।
यस पटक स्थानीय तहमा आफ्नो विजयी हात पार्न एमाले उर्लाबारीले चुनाबी रणनीति तयार पारिरहेका छन् । वडाध्यक्षदेखि सदस्यसम्म समाजमा स्थापितलाई यस पटक पहिलो रोजाईका साथ एमालेले उम्मेद्वार बनाउने रणनीति लिएको छ । एमालेका नेता गंगाप्रसाद बास्तोला, गंगाप्रसाद खरेलदेखि अग्नी भट्टराई वडाध्यक्षको उम्मेद्वार बन्ने चर्चा छ । जसले गर्दा मेयर र उपमेयरमा पनि मत बढ्ने एमालेको अड्कल छ । यस पटक मेयरको मुख्य दाबेदार वर्तमान उपमेयर लक्ष्मीदेवी भण्डारी देखिनुभएको छ । एमालेभित्र सबैभन्दा बलियो मेयरको उम्मेद्वारको रुपमा भण्डारीलाई लिने गरिएको छ । गत निर्वाचनमा मेयरमा भूपाल सिं जिमी पराजित हुँदासमेत भण्डारी विजयी बन्नुभएको थियो । त्यसैकारण पनि एमालेले भण्डारीलाई प्राथमिकताका साथ अघि बढाउन खोजेको छ । भण्डारीसँगै गत निर्वाचनमा पराजित जिमी, नगर पूर्वअध्यक्ष उमाकान्त गौतमको नाम चर्चामा छ । तीन जनाबीच मेयरमा लफडा सिर्जना भएको खण्डमा जिल्ला सचिब रुपेश खतिवडा पनि मेयरको उम्मेद्वार बन्न सक्ने अड्कल काटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय