उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको अग्रसरतामा बक्राहा घाट निर्माण प्रक्रिया अघि बढेको छ ।
स्थानीयले जोतभोग गर्दै आएको ४ विघा जग्गा नगरपालिकालाई घाट निर्माणका लागि दिएपछि निर्माण प्रक्रिया अघि बढेको हो । महत्वकाक्षी योजनाका साथमा निर्माण कार्यलाई प्रारम्भ गर्न नगरपालिकाले सो क्षेत्रमा बाटो निर्माण र जग्गालाई रेखाङ्कन गर्ने कार्य भइरहेको छ । आईतबार स्थानीय केही युवाहरुको समुहले जग्गा सट्टापट्टाको विषयलाई दिएर विवाद उत्पन्न् गर्न खोजेपनि जग्गा व्यावस्थापन समितिले छलफल गरेर विवाद मिलाएको जग्गा व्यवस्थापन समितिका संयोजक विनोद दाहलले बताउनुभयो । सबैको साथ र सहयोगमा बक्राहा घाटका लागि जग्गा छुट्याउने काम अघि बढिरहेको उहाँको भनाई छ । उर्लाबारी नगरपालिकाको गौरबको योजनाका रुपमा लिएको बक्राघाट निर्माणका लागि पटक पटक जग्गा खोजविन समिति गठन गरेतापनि गठिन समितिले जग्गा व्यवस्थापन गर्न सकेको थिएन । मेयर फागोकै पहलमा जग्गादाताहरुकै समिति बनाएर जग्गा खोजी कार्य भएको थियो ।
उर्लाबारीको बढ्दो जनसख्या र जनघन्तवलाई मध्यनजर गर्दै आगामी १ सय वर्ष सम्मका लागि सहज हुने गरिको सात वटा साधरण प्रकारको र ३ वटा विधुतीय शव जलाउने स्थानसहितको किरियापुत्री वस्ने घर, धार्मिक महत्व बोकेका बोटविरुवाहरुको बगैचा निर्माण र प्रसस्त पार्किङ सहितको आधुनिक बक्राघाट निर्माण गर्ने योजना नगरपालिकाले लिएको मेयर फागोले जानकारी दिनुभयो । नगरपालिकाले व्यवस्थित घाट निर्माणको प्रक्रियालाई अगाडी बढाउन ७० लाख रुपैयाँ विनियोजन गरेको छ । विनियोजित रकम बाट घाट निर्माणको काम अगाडी बढाउने र क्रमागत रुपमा बजेट विनियोजन गर्दै अपुग रकमलाई देशविदेशबाट सहयोग संकलन गरेर विकास गर्दै आधुनिक घाट निर्माण गरी नदी किनारको पर्यावरण र जनस्वास्थ्यमा परेको असरलाई न्यूनिकण गर्ने लक्ष्य नगरपालिकाको रहेको मेयर खड्ग फागोले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय