उर्लाबारी । मोरङको उर्लाबारी वडा नं. ३ का युवा नेता भिष्म बुढाथोकी सामाजिक सेवामा तल्लिन हुनुहुन्छ । उर्लाबारी वडा नं. ३ का वडा सदस्यसमेत रहनु भएका बुढाथोकी राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यसमेत भइसक्नु भएको छ ।
नेकपा एमाले उर्लाबारी–३ को अध्यक्ष भई पार्टीलाई चलयमान बनाउन लागि पर्नुभएका बुढाथोकीलाई आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेबाट वडा नं. ३ को वडाध्यक्ष उम्मेद्वारको सशक्त दाबेदार मानिएको छ । एमालेका अन्य आकांक्षीको तुलनामा बुढाथोकी लोकप्रिय मानिनुहुन्छ । आर्थिक अवस्था कमजोर भएर उपचार नपाएका होस् वा कोरोनाको बेला बिरामीहरुलाई अस्पताल पु¥याउनेसम्मको काममा बुढाथोकी खटिनुभएको थियो । राहत वितरण, गरिब विपन्नको स्वास्थ्य उपचारलगायतका उहाँको महत्वपूर्ण योगदान छ ।
वडाबासीका समस्या हुन् वा नगरभित्रका जहाँ पनि बुढाथोकी सारथी बन्न पुग्नुहुन्छ ।
खेलकुद, सामाजिक काम वा जनप्रतिनिधिको भूमिकामा उहाँ सदैब जनताको घरदैलोमा पुगिरहनुहुन्छ । वडा नं. ३ मा वडाध्यक्षसहित अन्य सदस्य पराजित भइरहँदा बुढाथोकी लोकप्रिय मतका साथ विजयी बन्नुभयो । बुढाथोकीलाई वडाध्यक्षको उम्मेद्वार बनाएको खण्डमा विजयी सुनिश्चित रहेको कार्यकर्ताहरु बताउन थालेका छन् । ‘जनताको सारथी बन्नु नै बुढाथाकीको जितको आधार हो’ एक कार्यकर्ता भन्छन् । योसेक क्लबको अध्यक्षसमेत रहनु भएका बुढाथोकी उर्लाबारी नगर खेलकुदको अध्यक्ष भइसक्नु भएको छ । उर्लाबारी फुटबल क्लबका सचिब बुढाथोकी पूर्व भलिबल खेलाडी पनि हुनुहुन्छ । वडाबासीको जनभावना बुझेका नेताको रुपमा बुढाथोकीलाई लिने गरिएको छ । बुढाथोकीलाई तपाई वडाध्यक्षको दाबेदार हो भन्ने प्रश्नमा पार्टीले दिएको जिम्मेवारी र भूमिकामा इमान्दारिताका साथ निभाउने उहाँले बताउनुभयो ।























