काठमाडौँ । पछिल्लो २४ घन्टामा थप ४७६ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९ हजार ४२४ नमूना परीक्षण गराउँदा सो संख्यामा संक्रमण देखिएको हो। सोही अवधिमा कोरोनाबाट थप ३ जनाले ज्यान गुमाएका छन्।

मन्त्रालयका अनुसार ६६०४ नमूनाको पीसीआर र २८२० नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो जसमा २९९ जनाको पीसीआर र १७७ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो। यस्तै बुधबार थप ८३१ जना कोरोनामुक्त भएका छन्। यो सहित नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ९ लाख ५३ हजार ४३० पुगेको छ।

पछिल्लो २४ घन्टामा १ लाख ७ हजार १८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। नेपालमा हाल कोरोना सक्रिय संक्रमितको संख्या १० हजार ७४७ रहेको छ। यस्तै ११५ जनाको आइसीयूमा र १९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय