काठमाडौँ। सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचनविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
महोत्तरीको भँगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले स्थानी निर्वाचनविरुद्ध रिट दर्ता गराएका थिए ।
तर रिटमाथि सरकारको नाममा कारण देखाऊ आदेश जारी गरिएको छ । सरकारले आगामी २०७९ वैशाख ३० गते देशभरका स्थनाीय तहमा एकै चरणमा निर्वाचन मिति घोषणा गरिसकेको छ ।























