काठमाडौँ । प्रधानमन्त्री शेरबहादर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्न सघाउन नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

मंगलबार साँझ बालुवाटारमा भएको भएका भेटवार्तामा प्रधानमन्त्री आग्रहमा अध्यक्ष ओलीले असहमति जनाएका छन् ।

भेटवार्तामा प्रधानमन्त्री देउवाले आफ्नो गठबन्धनबाट आफूलाई असहयोग भएकाले अध्यक्ष ओलीलाई एमसीसी पारितका सघाउन आग्रह गरेका थिए ।

अध्यक्ष ओलीले आफ्नो पार्टी विगत ६ महिनादेखि जायज मागहरुका साथ अघि बढेको र ति मागहरु सम्बोधन नभएसम्म कुनै पनि संसदीय प्रक्रिया सहभागी नहुने स्पष्ट पारेका बताइएको छ ।

उनीहरुको छलफलमा अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए ।

काँग्रेस तर्फ उपसभापति पूर्णबहादुर खड्कालगायत सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय