काठमाडौँ । नयाँबानेश्वरस्थित प्रतिनिधिसभा भवनलाई काँडेतारले घेरिएको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसी संसद्मा टेबल भएपछि संसद भवन आसपास हुन सक्ने प्रदर्शनलाई मध्यनजर गर्दै भवनको सुरक्षा बढाइएको हो ।
त्यस्तै, बिहीबार बस्न लागेको संसद बैठकलाई ध्यानमा राखी भवनको पर्खाल बाहिर काँडेतारले बेरिएको छ ।
बिहीबार संसदमा एमसीसीमाथि छलफल हुने कार्यसूची रहेको छ ।
एमसीसीको विरोधमा प्रदर्शन हुँदै आएको छ ।























