काठमाडौँ । अमेरिकी सहयोग परियोजना एनसिसीको विरोधमा आज पनि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बन्न पुगेको छ ।

सरकारले फागुन ८ गते संसदमा जब एमसिसीको विषयलाई लिएर छलफल अगाडि सार्यो सोहि दिनबाट बानेश्वर क्षेत्र तनावग्रस्त बन्न लागेको हो। यसैगरी एमसिसविरूद्ध आज पनि प्रहरी र प्रदर्शनकारीबीच झडप हुन पुगेको छ।

राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको सम्मान गर्न र विरोध प्रदर्शनलाई संयमित बनाउन आग्रह गरेपनि सो कुरालाई वास्ता नगरी प्रर्दशनकारीहरू एकाएक प्रहरी माथि खनिन लागेपछि झपड सुरु भएको हो।

प्रर्दशनकारीले प्रहरीमाथि ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले पनि अश्रुग्यास, पानी फोहोरा र लाठी चार्ज गर्न थालेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय