काठमाडौँ । आज बस्ने भनिएको संसदको बैठक स्थगित भएको छ । सरकारको आग्रहमा आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको हो । कार्यव्यवस्था परामर्श समिति बैठकपछि सूचना टाँस गरेर बैठक स्थगित गरिएको हो । संसदको अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेगरी स्थगित गरिएको हो ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारले एक दिन समय मागेपछि आजको संसद बैठक स्थगित गरिएको हो । केही समयअघि सकिएको कार्यव्यवस्थाको बैठकले आज बस्न लागेको प्रतिनिधिसभाको बैठकमा संसदमा टेवुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) छलफलका लागि कार्यसूची तय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय