काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ । संसद बैठक स्थगित भएपछि नयाँ बानेश्वरस्थित संसद भवनमै प्रधानमन्त्री शेरबहादुर देउवासहित दुई दलका शीर्ष नेताहरुबीच छलफल सुरु भएको हो ।

उक्त छलफलमा कांग्रेस महामन्त्री गगनकुमार थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतका नेताहरु समेत सहभागी छन् । एमसीसीमा सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादीले विपक्षमा मतदान गर्ने जनाएपछि पारित गराउन प्रधानमन्त्री देउवाले प्रतिपक्षी एमालेसँग छलफल थालेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय