काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीचको बैठक सकिएको छ ।

बिहीबार बालुवाटारमा भएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी र संसद खुलाउने विषयमा छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्न एमालेको साथ मागेका छन् । जवाफमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले उठाएको विषय संबोधन नभएकाले संसदीय प्रक्रियामा सहभागी हुन नसक्ने बताएका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

यद्यपि गतिरोध अन्त्यका लागि दुई पार्टीबीच निरन्तर संवाद गर्ने सहमति भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय