उर्लाबारी ।नेपाली कांग्रेस प्रदेश नं. १ का सह–महामन्त्री खड्ग फागोले जनहितका काममा केन्द्रीत भएर अघि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।
आज उर्लाबारी–४ चन्दनेमा भएको टोल भेलामा बोल्दै उर्लाबारी नगरपालिकाका मेयर समेत रहनु भएका नेता फागोले जनताको सुख दुखको सारथी बन्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको हो । कार्यक्रमका प्रमुख अतिथि फागोले अन्य पार्टीका भन्दा काँग्रेसजन फरक हुनुपर्ने धारण राख्दै पार्टीमा लागि सकेपछि गरिब, विपन्न, दिन दुःखी किसान, मजदुर, पीडितहरुको सारथी बन्नुपर्ने उहाँको भनाई छ । उर्लाबारी–३ चन्दनेमा कांग्रेसको टोल कमिटी गठन र ज्येष्ठ नागरिक सम्मान गरिएको छ । ३६ सदस्यीय टोल समितिको सभापतिमा खिलाराज भट्टराई, उपसभापतिमा दिपिका बुढाथोकी, धिरज निरौला, सचिवमा नरेश बस्नेत र प्रज्वल बुढाथोकी सहसचिवमा सन्तोष निरौला, सनम बोहोरा रहनुभएको छ । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी २० जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई प्रमुख अतिथि फागोले अविर, खदा लगाएर पार्टीमा स्वागत गर्नुभयो । काँग्रेस प्रवेश गर्नेहरुमा प्रज्वल बुढाथोकी, सन्जय बुढाथोकी, सन्दिप बुढाथोकी, देविका बुढाथोकी, प्रास्ना बुढाथोकी, सविना अर्याल, अमिर परियार, निरज बुढाथोकी, लोकेन्द्र कुइकेल, सजनजङ कुवर, नरेश बस्नेत, मिलन भट्टराई, सनम बोहोरा, सजोक कार्की र प्रेम बोहोरा रहनुभएको छ । यस्तै कार्यक्रममा ज्येष्ठ नागरिक डिल्लीमाया बस्नेत, पवित्रा कुईकेल, कृतिमान थापा, हर्कबहादुर बोहोरा, जितबहादुर निरौला, यामबहादुर निरौला, दुर्गामाया बुढाथोकी, विष्णुमाया गडतौला, बसन्तादेवि बोहोरा र जानुकादेवी निरौलालाई सम्मान पत्रले सम्मान गरिएको छ । वडा सभापति रोहित कार्कीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव प्रदीप सग्रौलाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय