उर्लाबारी । १७ बर्षकी गायिकालाई बलात्कार गरेको अभियोगमा फरार रहेका नायक तथा मोडल पल शाहलाई कार्वाहीको माग गर्दै प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाइएको छ ।
पल र ती गायिकाको विषयमा निष्पक्ष छानविन गरी दोषीलाई कानुनी कार्वाहीको माग गरिएको हो । राष्ट्रिय महिला अधिकार मञ्च प्रदेश नम्बर १ का सल्लाहकार सदस्य शान्ति प्राखिन लामा, अध्यक्ष सीता सुवेदीलगायतले प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र जिल्ला प्रशासन कार्यालयमा पल र ती गायिकाको मुद्दामा कुनै पनि राजनीति संरक्षण पद र पावरले ढाकछोप नहोस् भन्दै ज्ञापनपत्र बुझाउनुभएको छ । मञ्चकी सल्लाहकार पाख्रिनले सामाजिक , परम्परागत हुने बाल बिबाहमा जनप्रतिनिधि, भद्र भलाद्मी समेत भोज खाईरहेका हुन्छन् यस्तो बाल बिबाहा गाउँ घरमा प्रशस्त रुपमा भईरहेको जानकारी गराउनुभयो । मोरङ लेटाङ नगरपालिका वडा नम्बर ८ मा जाते माध्यमिक बिध्यालयमा अध्यनरत ११ बर्षिया छात्रा करुणा राईलाई बलत्कारपछि हत्या गरेर गाडिएकोमा चाडोभन्दा चाडो अपराधी पत्तालगाई कानुनी कार्वाहीसहित क्षतिपूर्तिको ब्यवस्था गर्न उहाँले माग गर्नुभयो । उता मञ्चकी अध्यक्ष सुवेदी भने महिलाहरु बषौंबाट अन्यमा परेको मुद्धा, यौन शोषण, बहुबिवाह लगायत महिलामाथि हुने दुर्वव्यहारको कानुन नै फितलो रहेकोले यस्ता घटनाहरु भईरहने बताउनुभयो ।























