उर्लाबारी । मोरङको उर्लाबारी–९ मा शुक्रबार विभिन्न राजनैतिक पार्टी परित्याग गरी १ सय ५० जना नेपाली काँग्रेस प्रवेश गरेका छन् ।
वडा नम्वर ९ को उपसभापति लोकेन्द्र लिम्वु वुद्धको विषेश पहलमा भएको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १ सय ५० जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई प्रमुख अतिथि नेपाली काँग्रेस प्रदेश १ का सहमहामन्त्री खड्ग फागोले अविर, खदा लगाएर पार्टीमा स्वागत गर्नुभयो ।
यस्तै सोही अवसरमा महाराजस्थान टोल समिति र बोर्डर लाईन टोल समिती गठन भएको हो । महाराजस्थान टोल समितिको सभापतिमा इन्द्रबहादुर खडका, उपसभापति मधुराम राई, सचिव मोहन राई, कोषाध्यक्षमा इन्दिरा बस्नेत गरी २१ सदस्यीय टोल समिति गठन भएको छ ।
यस्तै बोर्डर लाईन टोल समितिको सभापतिमा जितबहादुर पौडेल, उपसभापतिमा रुपमा लिम्वु, सचिव पुर्ण दाहाल, कोषाध्यक्षमा गोमा दर्माली मगर गरी ३६ सदस्यीय टोल कमिटी गठन भएको छ । यस्तै कार्यक्रममा ज्येष्ठ नागरिकलाई सम्मान गर्दै टेक्ने लौरी समेत प्रदान गरीएको छ ।
कार्यक्रममा मोरङ क्षेत्र नं. १ (क) का सभापति नरबहादुर मोक्तान, उपसभापति लोलिम पोमु, उर्लाबारी नगर सचिव राजन रायमाझी, प्रदेश सदस्य सावित्रा बस्नेत, सुरेन्द्र कार्कीको आतिथ्यता रहेको थियो । कार्यक्रम वडा सभापति कैलाश थापामगरको सभापतित्वमा भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव रञ्जित श्रेष्ठले गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय