उर्लाबारी । २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट मोरङको उर्लाबारी वडा नं. २ को सदस्यमा निर्वाचित गोविन्दप्रसाद चौलागाई नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ ।
शनिबार उर्लाबारी–२ मा नेपाली काँग्रेसले आयोजना गरेको टोल कमिटी गठन तथा पार्टी कार्यालय उद्घाटन कार्यक्रममा वडा सदस्य चौलागाई नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको हो । सो अवसरमा उहाँसहित ३० जना नेपाली कांग्रेस प्रवेश गरेको जनाइयो । कांग्रेसमा प्रवेश गर्नुभएका चौलागाईलगायतलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस प्रदेश नम्वर १ का सहमहामन्त्री तथा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले अविर र खदा लगाएर पार्टीमा स्वागत गर्नुभयो । कार्यक्रममा प्रदेश नं. १ का सदस्य अर्जुन तुम्रोक, मोरङ क्षेत्र नं १ (क) का सभापति नरबहादुर मोक्तान, नगर सभापति सुरेन्द्र लिम्बू, वडा नं २ का वडा अध्यक्ष राजनकुमार कडेल, वडा नम्वर ३ का वडाध्यक्ष गञ्जबहादुर कार्कीलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम काँग्रेस वडा नम्वर २ का सभापति रुद्र बरालको सभापतित्व तथा वडा सचिव राजु थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय