उर्लाबारी । मोरङको उर्लाबारी–४ किसान चौकमा शनिवार आयोजित टोल समिति गठन कार्यक्रमको अवसरमा विभिन्न पार्टी परित्याग गरी ५१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस उर्लाबारी–४ को आयोेजनामा समपन्न कार्यक्रममा नेकपा एमाले, माओवादी केन्द्र परित्याग गरी सो क्षेत्रका ५१ जना नेपाली काग्रेसमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई प्रमुख अतिथि नेपाली काँग्रेस प्रदेश १ का सहमहामन्त्री खड्ग फागोले अविर, खदा लगाएर पार्टीमा स्वागत गर्नुभयो । यस्तै सोही अवसरमा किसान चौक थापा डागी टोल समिति पनि गठन गरिएको छ । टोल समितिको सभापतिमा रोशन गौतम, उपसभापतिमा अम्विका लिम्वु, सचिव दिनेश खनाल र कोषध्यक्षमा दुर्गा सुन्दास गरी ३३ सदस्यीय टोल समिति गठन भएको हो ।
कार्यक्रममा मोरङ क्षेत्र नम्वर १ की सह–सचिव अरुणा थापा, मोरङ क्षेत्र नं. १ (क) का सभापति नरबहादुर मोक्तान, क्षेत्रीय सदस्य प्रकाश कङ्दवा, नगर सभापति सुरेन्द्र लिम्वु, वडा नम्वर ४ का वडा सदस्य कल्याण राई लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम वडा सभापति प्रेम याक्खाको सभापतित्वमा भएको थियो । कार्यक्रमको सञ्चालन सचिव भिम घिमिरेले गर्नुभएको थियो ।























