उर्लाबारी । नेकपा एमाले उर्लाबारीले वडा भेला तीब्र पारेको छ । नेकपा एमाले उर्लाबारी वडा नं. ९ अन्तर्गत सागर खड्काको अध्यक्षतामा ४७ सदस्यीय गाईघाट टोल कमिटी गठन भएको छ । त्यस्तै, उर्लाबारी वडा नं. ५ अन्तर्गत रामजी तामाङको अध्यक्षतामा ३५ सदस्यीय बाणिज्य टोल कमिटी गठन भएको छ । नेकपा एमाले उर्लाबारीका अध्यक्ष गंगाप्रसाद बास्तोलाका अनुसार एमालेलाई सशक्त रुपमा अघि बढाउन टोल कमिटी गठन तीब्र पारिएको छ ।























