उर्लाबारी । मोरङको उर्लाबारी–५ मा रहेको गोदावरी हस्पिटलको चरम लापरबाहीबाट मृत्यु भएको भन्दै पैसाको बार्गेनिङ हुन थालेको छ ।
उर्लाबारी– ६ का अनिल अग्रवालको गोदावरी हस्पिटलका चिकित्सकले फरक समूहको रगत प्रयोग गरेका कारण मृत्यु भएको दाबी गरिएको थियो । पीडित परिवारले आज पत्रकार सम्मेलन गर्ने भन्दै खबर गरेपनि स्थगित गरेर पैसाको बार्गेनिक गरिरहेको जानकार स्रोत बताउँछ । राजनीति दलका नेता, ब्यवसायी, वडाध्यक्षलगायत समेत पीडित परिवारलाई राहत दिलाएर घटना थामथुम बनाउन लागि गरेको बुझिएको छ ।
माघ ६ गते अग्रवाललाई उपचारको लागि गोदावरी हस्पिटल भर्ना गरिएको थियोे । खोकी नरोकिएपछि केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकले भनेका थिए । उपचारकै क्रममा विमारीलाई रगत आवश्यक भएको जनाउँदै गोदावरी हस्पिटलले उर्लाबारी–३ मंगलबारेस्थित मदन भण्डारी अस्पतालको रक्तसञ्चार केन्द्रमा रगत सिफारिस गरिदिएको थियो । अग्रवालको ए पोजेटिभ ब्लड गु्रप थियो । तर, हस्पिटलले बी पोजेटिभ रगत सिफारिस गरेका कारण भाईको मृत्यु भएको दाजु राजेश अग्रवालले आरोप लगाउनु भएको थियो ।
दोस्रो पटक रगत चढाउन दमक रेडक्रसमा सिफारिस गरिएपछि ए पोजिटिभ ब्लड ग्रुप भएका व्यक्तिलाई बी पोजेटिभ रगत मागिएको खुलेको थियो । चार दिन गोदावरी हस्पिटलमा उपचार पश्चात हस्पिटलकै आग्रहमा झापाको बिएण्डसी हस्पिटल लगिएको थियो । त्यसपछि उपचार पश्चात घरमै राखिएको र अवस्था गम्भिर भएपछि उर्लाबारीकै अरनिको हस्पिटलमा उपचारमा पु¥याएको थियो । र, उहाँको सोही हस्पिटलमा मृत्यु भएको थियो ।
५० लाख बार्गेनिङ !
गोदावरी हस्पिटलका चिकित्सकले फरक समूहको रगत प्रयोग गरेका कारण मृत्यु भएको दाबी गर्दै पीडित परिवारले ५० लाख मागेको देखिएको छ । छोराछोरीको भबिष्यका लागि भन्दै घुमाउरो तरिकाले ५० लाख मागेको र हस्पिटलले १२ लाख रुपैयाँसम्म दिने छलफलमा कुरा भएको छलफलमा सहभागीहरुले नै बताएका छन् । उर्लाबारी नगरपालिका, उर्लाबारी उद्योग बाणिज्य संघलगायत धेरै ठाउँमा छलफल भएको बुझिएको छ ।
कार्वाही प्रक्रियामा किन जान चाहेनन्
गोदावरी हस्पिटलका चिकित्सकले फरक समूहको रगत प्रयोग गरेका कारण मृत्यु भएको हो भने किन कानुनी कार्वाहीमा जान भन्दा पटक पटक छलफल भयो । ब्लड ग्रुपको हेराफेरी मात्रै अनिल अग्रवालको मृत्युको कारक नभएको हस्पिटल प्रशासनले जनाएको छ । क्यान्सर र फोक्सोमा समस्या रहेका अग्रवालको मृत्युका बारेमा चलखेल भइरहेको बुझिएको छ । दोषी देखिए कार्वाही गर्नु भन्दा पैसा लिएर मिल्ने कुरा राम्रो नभएको स्थानीय हेमराज अग्रवालको भनाई छ । निष्पक्ष छानविन गरी दोषीलाई कार्वाही गर्नु पर्नेमा उहाँको जोड छ । ‘भोलीका दिनमा यस्ता घटना हुन नदिनका लागि पनि दोषी जोजो छन्, उनीहरुलाई कार्वाही हुनुपर्छ’–उहाँले भन्नुभयो । यता हस्पिटल प्रशासनले दोषी देखिए कार्वाही भोग्न तयार भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय