उर्लाबारी । मोरङको उर्लाबारीमा जारी तेस्रो उर्लाबारी मेयर कप फुटबल प्रतियोगिताबाट वडा नं. ४ लाई हटाइएको छ ।
उर्लाबारी वडा नं. १ लाई २ का विरुद्ध ४ गोल गर्दै वडा नं. ४ विजयी भएको थियो । तर, वडा नंं. ४ ले बाहिरका खेलाडी खेलाएको भन्दै उजुरी परेको थियो । सो छानविनको क्रममा मिक्लाजुङका उर्गेन तामाङलाई वडा नं. ४ बाट खेलाइएको पाइएको छ । सोही आधारमा वडा नं. ४ सेमिफाइनलमा पुग्न अयोग्य भएको भन्दै वडा नं. १ लाई विजयी भएको आयोजक समितिका कोषाध्यक्ष योगराज फागोले जानकारी दिनुभयो ।























