शिशिर बुढाथोकी,झापा 

झापा अर्जुनधारा नगरपालिका–५ का नौ वर्षीय बालक आकाश चौधरी अहिले साङ्लोमा बाँधिएका छन् । उपचार पाउनु पर्ने अवस्थामा उनी साङ्लोमा बाँधिएर बस्न बाध्य भएका हुन् । आर्थिक अवस्था कमजोर हुँदा आकाश ६ महिना अघिदेखि साङ्लोमा बाँधिएका हुन् । उनमा अस्वाभाविक परिर्वतन आएपछि फलामे साङ्लोले बाँधेर राखिएको हो । घर छाडेर जतासुकै जाने, जे पायो त्यही खाने, अस्वाभाविक व्यवहार देखाउन थालेपछि आकाशलाई साङ्लोले बाँधेर राखेको बुबा सेवुलालले बताए । पैसा अभावमा छोरालाई उपचारका लागि अस्पताल लान नसकेको सेवुलालको दुखेसो छ । आकाश सेबुलालका कान्छा छोरा हुन् । उनका दाजु स्वस्थ छन् । आकाशकी आमा छैनन् । दुई छोराको लालनपालन बुबा सेवुलालले गर्दै आएका छन् । मजदुरी गरेर जीवन धान्दै आएका उनले दैनिकी चलाउन मुस्किल भएको सुनाए । युवा सामाजिक अभियानकर्मी कौशल भण्डारीले आकाशको उपचारका लागि सहयोग गर्न सबैसँग आग्रह गरेका छन् । राम्रो उपचार पाए बालक ठिक हुन सक्छन् । त्यसका लागि मोटो रकम आवश्यक पर्छ । त्यसका लागि समाजले सहयोग गर्नुबाहेकको विकल्प नै छैन ।
तीनै तहका सरकार सत्ता लिप्सामा मस्त छन् । आकाश जस्ता नागरिकको उपचारमा ध्यान दिन चुकेको स्थानीय बताउँछन् । सरकारले ध्यान नदिने हो भने आकाश जस्ता नागरिकले अकालमा ज्यान गुमाउनु पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय