उर्लाबारी । मोरङको उर्लाबारी वडा नं. ६ को वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । उर्लाबारी–६ को चन्द्रमा चौकमा दाताबाट प्राप्त जग्गामा निर्माण हुने भवनको आज मेयर खड्ग फागोले शिलान्यास गर्नुभयो । उपमेयर लक्ष्मीदेवी भण्डारी र वडाध्यक्ष चिन्तामणि पौडेल पनि उपस्थिति रहनु भएको थियो ।
उक्त वडा कार्यालय भवन बनाउनका लागि काठमाडौंको रिजन्सी विल्डर्सले १ करोड ७ लाखमा ठेक्का पाएको छ । दुई तले भवन निर्माणका लागि आगामी कार्तिकसम्मको समयावधि तोकिएको छ । वडाको भवन निर्माणस्थलकै छेउमा आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माण भइसकेको छ । वडाको भवन र आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि स्थानीय लक्ष्मीप्रसाद आचार्यले तीन कठ्ठा जग्गामा प्रदान गर्नुभएको वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो ।























