दमक/ दमकमा आज ( शुक्रबार) राती करिब ९.३० बजे भएको दुर्घटनाका मृतकको पहिचान खुलेको छ । मृतक सुनसरीका अन्दाजी ३५ बर्षिय हमिद मियाँ अन्सारी भएको ट्राफिक प्रहरी कार्यालय दमकले जनाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत ताराबारीस्थित पेट्रोलपम्प नजिकै रोकेर हावा भर्दै गरेको अवस्थाको ट्रकमा पूर्वतर्फ आउँदै गरेको मोटरसाइकल ठोक्किदा आगो लागेको थियो । आगोले जलेका कारण तत्काल मोटरसाइकल नम्बर भने खुल्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय