पुजन दास
रतुवामाई । नेकपा एकीकृत समाजवादी रतुवामाई नगरसचिव तथा जिल्ला सदस्य ठगेन्द्र न्यौपानेले पार्टी परित्याग गरेको भएपनि एमालेमा प्रवेश नगरेको बताउनुभएको छ ।
अमेरिकी सहायता परियोजना एससीसी प्रतिनिधिसभाबाट पारित गर्न सघाएको भन्दै नेकपा एकिकृत समाजवादी छोडेको उहाँले घोषणा गर्नुभएको थियो । व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता अनुमोदन गर्न सघाएर राष्ट्रप्रसत गद्धारी गरेको भन्दै न्यौपानेले विद्रोह गर्दै पार्टी परित्याग गरेको बताउनुभयो । उहाँले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकोभन्ने कुरा गलत भएको बताउनुभयो । विभिन्न समाचार माध्यमले पार्टी परित्याग गरि एमालेमा समाहित भन्ने शीर्षकमा समाचार सम्प्रेषण गरेको भन्दै उहाँले भत्र्सना गर्नुभएको छ ।























