बेलबारी । मोरङको बेलबारी–४ मा रहेको जडिबुटी खेती भाइरल बनेपछि ‘टिककटे’ ले रमिता देखाउन थालेका छन् ।
विगत केही दिन देखि भिडियो बनाउने नाममा भएको जडिबुटी खेतीमा रमिता देखाइरहेको स्थानीय विवेक शर्माले जानकारी दिनुभयो । सन्चोलगायतका औषधीहरु निर्माणका लागि प्रयोग गरिने जडिबुटी खेतीमा भिडियो बनाउनेको भिड लागेपछि कृषक समस्यामा परेका छन् । भिडियो बनाउनेहरुले जडिबुटीका विरुवा उखल्ने, माड्नेजस्ता हर्कत गरिरहेका छन् । जडिबुटी खेती भाइरल बनेपछि टाढा टाढाबाट समेत भिडियो बनाउन आउनेको लर्को लागेको छ । टिकटक बनाउने मात्र होइन फोटो खिच्नेको पनि कमी छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय