उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उर्लाबारी वडा नं. १ र २ जोड्ने सोल्टी खोलामा बनेको झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको छ ।
आज एक कार्यक्रमका बीच मेयर फागोले झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमका उपमेयर लक्ष्मीदेवी भण्डारीलगायतको सहभागीता रहेको थियो । पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष नारायणप्रसाद आचार्यले ९२ लाख रुपैयाँ लागतमा पुल निर्माण सम्पन्न भएको बताउनुभयो । उक्त रकममध्ये ७८ लाख स्वीस सरकारको सहयोगमा संघीय झोलुङ्गे पुल आयोजनाबाट, ८ लाख टिविएसयुबाट, ५ लाख ५६ हजार उर्लाबारी नगरपालिकाबाट र दुई प्रतिशत रकम जनश्रमदानबाट जुटाइएको उहाँको भनाई छ । उक्त पुलको निर्माण कार्य गतवर्ष नै सकिएको भएपनि कोभिड महामारीका कारण उद्घाटन हुन सकेको थिएन । पुल निर्माण भएपछि उर्लाबारी १ र २ वडाका बासिन्दालाई आवतजावतमा सहज भएको छ भने यो ठाउँ पर्यटकीय क्षेत्रको रुपमा समेत विकास हुने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय